दार्चुला दार्चुलाको मालिकार्जुन गाउपालीकाको वडा नम्बर ४ ऐरीछानामा नेपाली काग्रेसले आज टोल समिती गठन गरेको छ । चन्द्र सिह धामी सभापति रहने गरी १५ सदस्यी टोल समीती गठन गरेको हो ।
समितीको उप सभापतिमा पार्वती धामी ,कोषाध्यक्षमा दिनेश धामी ,सचिवमा रुद्र सिह धामी ,तथा सह सचिवमा सुन्दर सिह बोहरा चयन हुनुभएको छ ।
नेपाली कांग्रेस मालीकार्जुन गाँउ कार्य समिती सदस्य मदन सिह धामीको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ४ का वडा सभापती क्रष्ण सिंह धामीको प्रमुख आतिथ्यता रहनुभएको थियो ।
यस्तै
लेकम गाउपालिका वडा नम्बर २ कैनोडा टोलमा नेपाली कांग्रेसले शनिबार टोल समिती गठन गरेको छ । दशरथ जोशी सभापती रहने गरी १९ सदस्यी टोल समिति गठन गरेको हो ।
समितिको उप सभापतिमा तुल्सी जोशी सचिवमा जनक राज जोशी र कोषाध्यक्ष्यमा पल्लप जोशी चयन भएका छन ।
लेकम गाउपालीका वडा नम्बर २ का सभापति केशव दत्त जोशीको सभापतित्वमा भएको कार्यक्रममा लेकम गाउपालीका नेपाली कांग्रेसका उप सभापति रघुबिर जोशीको प्रमुख आथीत्यता रहेको लेकम गाउपालीका नेपाली कांग्रेसका सचिव शिवराज जोशीले जानकारी दिनुभयो ।