पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ जनाको ज्यान गयो,

दार्चुला । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ जनाको ज्यान गएको छ । तेस्रो लहर सुरु भएपछिअकै एकै दिनको सर्वाधिक मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २० हजार १ सय ८७ जनाको परीक्षण गर्दा १० हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ७ सय ८ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ७२ हजार ८ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.