दार्चुलाको महाकालीमा सहमतिविपरीत तटबन्ध बनाउँदै भारत

दार्चुला  – दार्चुलामा आपसी सहमतिविपरीत र अन्तर्राष्ट्रिय कानुन अनुसार भारतले महाकालीको बहाव नेपालतर्फ फर्कने गरी तटबन्ध बनाइरहेको छ।

सदरमुकाम खलंगा बजारको पारिपट्टि भारतले पक्की तटबन्ध निर्माण सुरु थालेको हो। नेपाल र भारतबीच आफूखुसी तटबन्ध नबनाउने सहमति पनि भएको थियो।

तर भारतीय केन्द्रीय जल विभागले माघ ४ बाट खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर नदीतिरको भागमा तटबन्ध निर्माण सुरु गरेको छ।

नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पनि भारतले नेपाली प्रशासनसँग समन्वय गरेको छैन। तटबन्ध निर्माण गर्दा भारतीय पक्षले समन्वय नगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.