दार्चुला । दार्चुलामा प्रहरीले ‘तपाईको मास्क खोइ अभियान लाई निरन्तरता दिन थालेको छ । कोरोनाको जोखिम बढेको भन्दै सर्वसाधारणलाई मास्क लगाउन अनुरोधका साथ प्रहरीले उक्त अभियान लाई निरन्तरता दिन थालेको हो ।
प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रशाद भट्ट आफैले सडकमा हिँडिरहेका सर्वसाधारणहरुलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्न अनुरोध गर्दै अभियान नै सञ्चालन गरेको छ ।
जिल्लामा ओमिक्रोनको प्रकोप बढेपछि रोकथाम तथा जोखिम न्यूनीकरणका लागि अनिवार्य माक्स लगाउन सचेतना प्रदान गर्ने उदेश्यले ‘ तपाईको माक्स खोई अभियान संचालन गरिएको प्रहरी प्रमुख मनोहर प्रशाद भट्टले जानकारी दिनुभयो ।

अभियानका क्रममा पैदलयात्री देखी यातायातमा सवार चालक सहित यात्रुलाई माक्स लगाउन भनिएको र मास्क नलगाई हिडेकाहरुलाई माक्स बितरण गरिएको प्रहरी प्रमुख भट्टले बतानुभयो ।
उहाका अनुसार आम जनसमुदायलाई मास्क लगाउन पे्ररीत गर्दै ,मास्क लगाऔ, आफू पनि बाचौ, अरुलाई पनि बचाऔ भन्दै जिल्लाभरी नै मास्क अभियान सन्चालन गर्ने योजना रहेको बतानुभयो ।
