पहाडी क्षेत्रको मौसम बिस्तारै सुधार हुने क्रममा

दार्चुला – अहिले देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको छ । तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ ।

देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली रहने अनुमान छ ।

ती क्षेत्रका एकदुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ । केही दिनदेखि प्रभावित रहेको मौसम बिस्तारै सुधार हुँदै जानेक्रममा रहेको महाशाखाका मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

तराईको हुस्सु र कुहिरो हट्न भने केही दिन लाग्नेछ । चिसो कायमै रहेकाले जोगिन पनि महाशाखाको अनुरोध छ ।

health
Leave A Reply

Your email address will not be published.