महाकाली नदीमा नुहाउने क्रममा बगेर एक युवक को मृत्यु

दार्चुला – दार्चुलाको महाकाली नदीमा नुहाउने क्रममा एक युवकको मुत्यु भएको छ । ब्यास गाउँपालीका वडा नम्बर ४ सुनसेराका २१ बर्षीय सुबास कुवरको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डि.यस.पी. मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।

शुक्रबार महाकाली नदीको किनारमा नुहाउदै गर्दा कुवरको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कक्षा १२ मा अध्ययनरत छात्र हुन ।

Leave A Reply

Your email address will not be published.