Naya Sadar
Badar

आमा र बच्चा झुन्डिएको अबस्थामा मृत फेला

Sadar Sano

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालीका वडा नम्बर ८ को तल्चौरामा आमा र बच्चा झुन्डिएको अबस्थामा मृत फेला परेका हुन ।

शैल्यशिखर नगरपालीका वडा नम्बर ७ बस्ने शिब बिष्ट कि पत्नी सरस्वती बिष्ट र उनकी १ बर्षीय छोरी जेनिसा बिष्ट रुखमा झुन्डिएको अबस्थामा मृत फेला परेका हुन ।

Naya Mat patra

अन्दाजि २३ बर्षीय आमा र १ बर्षीय छोरी घरबाट माईत जान्छु भन्दै बच्चा पनि साथमा लिएर खन्या को रुखमा दोपट्टा च्यातेर दुई भाग बनाई एउँटामा बच्चा र अर्कोमा आमा स्वयम झुन्डिएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक नारायण बिष्टले जानकारी दिनुभयो ।

मृतक महिलाको माईत घर बैतडीको दोगडाकेदार गाउँपालीका अन्तरगत रहेको शैल्यशिखर नगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष अजब सिह बिष्टले मालिकार्जुन खबर लाई बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले घटना स्थलको मुजुल्का उठाएर पोष्टमाटमको लागि गोकुलेश्वर अस्पताल लगेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले बताउनु भयो ।

उक्त घटना के कती कारणले भएको हो यसबारे पोस्टमार्टम को रिपोर्ट आए पछि थप अनुसन्धान गरिने प्रहरी निरीक्षक नारायण बिस्टले बताए ।

Leave A Reply

Your email address will not be published.