शैक्षिक संस्था माघ मसान्तसम्म बन्द गर्न सिफारिस

दार्चुला – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसी ले शैक्षिक संस्थाहरू माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । आज शुक्रवार बसेको सीसीएमसीसीको बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्नसमेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

यस्तै विश्वविद्यालयका परीक्षालाई स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न अनुमति दिन बैठकले सिफारिस गरेको छ । साथै खोप केन्द्रहरूलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको प्रवक्ता नेपालको भनाइ छ ।

यस्तै बैठकले सार्वजनिक गाडीमा लागू गरिएको जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सार्वजनिक गाडीमा भिड बढ्दा कोरोनाको जोखिम झनै बढेको छ । ‘जिल्ल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएसी ले आफैँ पनि जोर–बिजोर हटाउन सक्ने भन्दै ‘प्रत्येक जिल्लालाई निर्देशन दिन नसकिने भएकाले मन्त्रीपरिषदमा सिफारिस गरिएको सीसीएमसीसीले जनाएको छ । निजी गाडीको हकमा भने जोर–बिजोर प्रणाली लागू नै गर्न सिफारिस गरिएको छ ।

यस्तै यसअघि सिफारिस गरिएका डान्सबार, सिनेमा हल, क्लब लगायतलाई माघ मसान्तसम्म लम्ब्याउन सिफारिस गरिएको छ ।

Leave A Reply

Your email address will not be published.