सिरहा – स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरेको भन्दै युवा संघ सिरहाले प्रदर्शन गरेको छ । सिरहाको गोलबजार नगरपालिकामा शनिबार युवा संघ सिरहाले निर्वाचनको माग गर्दै संघीय सरकारविरूद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘स्थानीय तहको चुनाव मिति घोषणा गर’, अराजक मन्त्री रेणु यादवलाई बर्खास्त गर’, किसानलाई समयमा मलखाद उपलब्ध गराउँ’ जस्ता नारा लगाएका छन् । संघका जिल्ला संयोजक जयप्रकाश शर्माको नेतृत्वमा गरिएको प्रदर्शनमा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेका थिए ।