स्वास्थ्यमन्त्रीलाई डा.केसीले बुझाए ७ बुँदे ज्ञापनपत्र

दार्चुला – आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्दै चिकित्सा शिक्षाका अभियान्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयमै पुगेर डा. केसीले स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउँदै डा. केसीले विगतमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्य सेवा गुणस्तरीय हुनुपर्ने, सबैको समान पहुँचमा स्वास्थ्य सेवा हुनुपर्ने माग राखेका छन् । सरकारले सम्झौता कार्यान्वयन नगरे संघर्षका कार्यक्रम थाल्ने चेतावनी समेत डा. केसीले दिएका छन् ।

Leave A Reply

Your email address will not be published.