ट्रयाक्टर दुर्घटनाहुँदा एकजनाको मृत्यु

लमजुङ – राइनास नगरपालिका ६ घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार तीनपिप्लेबाट धमिलिकुवातर्फ आउँदै गरेको ग १ त ४४४५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा धमिलिकुवाका अन्दाजी ४२ वर्षीय अमृत चिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

त्यस्तै राइनासकै सोही ट्रयाक्टर चालक १९ वर्षीय दिपक परियार र ट्याक्टरमै सवार २१ वर्षीय गोपाल परियार भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु राइनासकै स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् घर फर्केका छन् ।

Leave A Reply

Your email address will not be published.