छाङ्गरुका सुरक्षाकर्मीलाई सम्पर्कमै सास्ती

दार्चुला । अघिल्लो वर्षको वैशाख ३१ देखि व्याँस गाउँपालिका–१, छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी नियमित बसेको छ।। नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटर नक्सा जारी गरेपछि छाङ्गरुमा सुरक्षाकर्मीको नियमित बस्न थालेको हो ।

सुरुमा बोर्डर आउट पोस्ट बिओपी स्थापना गरियो । बिओपी स्थापना गरेको छ महिनापछि सरकारले त्यो क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना गरेको थियो । भारतले अतिक्रमण गरेको कालापानीभन्दा झन्डै १४ किलोमिटर यतै सशस्त्र प्रहरी बसेको छ ।

अहिले सशस्त्र प्रहरीले कालापानी क्षेत्र र चीनसँग सीमा जोडिएको पिलर नं १ सम्म ड्युटी गर्ने गर्दछ । छाङ्गरु गुल्मअन्तर्गत व्याँस गाउँपालिका–२ को दुम्लिङ र वडा नम्बर १ को तिङ्करमा बिओपी रहनेछन् । अहिले दुम्लिङमा सशस्त्र प्रहरी छ । तिङ्करमा भवन बने पनि अहिले सम्म सशस्त्र प्रहरी खटिएका छैनन् ।

 

सशस्त्र प्रहरीका लागि नेपाल टेलिकमले दुईवटा ल्यान्डलाइन फोन छुट्टै जडान गरे पनि अत्यधिक हिमपात भएपछि त्यसले काम गर्दैन । मौसम सफा भयो भने त्यो फोनको लाइन सञ्चालन हुने त्यहाँ कार्यरत सुरक्षाकर्मी बताउँछन् ।

छाङ्गरुमा सशस्त्र प्रहरी बसे पनि उनीहरुका लागि प्रभावकारी सञ्चार साधनसमेत छैन । छाङ्गरुका बासिन्दा बस्दासम्म भाइनेटमार्फत इन्टरनेट सुविधा थियो तर स्थानीयवासी जाडो छल्न गत जेठमा सदरमुकाम खलङ्गा झरेपछि अहिले सुरक्षाकर्मीले भारतीय सञ्चारको भर पर्नुपरेको छ ।

Leave A Reply

Your email address will not be published.