Naya Sadar
Badar

ज्येष्ठ किसानलाई मासिक रुपमा पेन्सन कार्यक्रमको सुरुवात

Sadar Sano

दार्चुला । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले ज्येष्ठ किसानलाई मासिक रुपमा पेन्सन दिने भएको छ ।

गाउँपालिकाको गाउँ सभा तथा गाउँ कार्यपालिकाको निर्णय अनुसार ज्येष्ठ किसानलाई प्रति महिना ५ सय रुपैयाँ पेन्सन दिने निर्णय अनुसार कार्यक्रम कार्यान्वय हुन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कार्यविधि बनाएर पेन्सन कार्यक्रमको सुरुवात गर्न लागेको हो ।

Naya Mat patra

चालु आर्थिक वर्ष ०७८र०७९ को साउन १ गतेदेखि लागू हुनेगरी किसानलाई हरेक महिना पेन्सन दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले बताउनुभयो। गाउँपालिकाले ५५ वर्ष पूरा भइ ६० वर्ष नपुगेका दलित किसानलाई पेन्सन दिने जनाएको छ ।

गैर दलितको हकमा ६० वर्ष पूरा भइ ७० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। गाउँपालिकाका अध्यक्ष केसीले एक घरबाट एक जनाले मात्र पेन्सन पाउने व्यवस्था गरेको बताउनुभयो । पेन्सनका लागि कुनै पनि खालको सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेको हुनुपर्ने समेत अध्यक्ष केसीले जानकारी गराउनुभयो।

पेन्सन प्राप्त गर्नका लागि सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित सम्पर्क गर्न वडा नम्बर ३ का वडाअध्यक्ष चन्द्रबहादुर केसीले अनुरोध गर्नुभएको छ । पेन्सनका लागि नागरिकताको फोटोकपी, बैंक खाता र चेकको फोटोकपी बुझाउनु पर्ने वडाध्यक्ष केसीको जानकारी गराउनुभयो।

Leave A Reply

Your email address will not be published.