दार्चुला – शैल्यशिखर नगरपालिका वडा नं.५ , ओखडानीमा नेपाली कांग्रेस शैल्यशिखर नगरपालीका वडा नम्बर ५ वडा कार्यसमीतीले सोकसभा आयोजना गरेको छ ।
शैल्यशिखर नगरपालीका वडा नम्बर ५का क्रियाशिल सदस्य चुने डागा र अगबर साउँदको निधनमा भएको असामयिक निधनमा पार्टीको तर्फबाट आज शोकसभा गरिएको हो ।
शोक सभामा बोल्दै नेपाली काग्रेशका वडा नम्बर ५ कासभापती मदन सिह डागाले लामो समय सम्म पाटीमा रहेका डागा र साउँदलाई गुमाउनु पार्टीलाई अतुलनिय क्षती पुगेको बताउनु भयो। दिवंगत प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै घर परिवार प्रति गहिरो समवेदना प्रकट गर्नुभयो । शोक सभामा मौनधारणसमेत गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका वडा नम्बर ५कासभापती मदन सिह डागाको अध्यक्षतामा आयोजना गरिएको सोकसभामा प्रमुखअथिती नेपाली काग्रेश जिल्ला कार्यसमीती सदस्य इन्द्र सिह डागा रहेका थिए भने बिशीष्ट अथिती नेपाली कांग्रेस शैल्यशिखर नगरपालीकाका सभापती मोहन सिंह साउँद रहेका थिए ।
कार्यक्रमको सन्चालन नेपाली काग्रेश वडा कार्यसमीतीका सचिव डम्बर कुमार डागाले गर्नु भएको नेपाली कांग्रेसका वडा कार्यसमीती सभापती मदन सिह डागाले बताउनु भयो ।