दार्चुलाका नेपाल भारत सिमा नाका दुई दिन सम्म बन्द गरीने

दार्चुला । भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि दार्चुलाका नेपाल भारत जोड्ने सिमा नाका दुई दिन सम्म बन्द गरीने भएको छ ।
१४ फेब्रुअरीमा चुनावलाई लक्षित गरि माघ २९ गते बेलुका ५ बजे देखि फागुन ३ गते बिहान ७ बजे सम्म नेपाल भारत सीमानाका बन्द हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

दार्चुलामा नेपाल भारत जोड्ने लाली, जोलजिवि, दत्तु, खलंगा, तिग्रम र सीतापुल गरि छ वटा सीमापुल सञ्चालनमा रहेका छन् । सीमापुल बाहेक लेकम क्षेत्रमा महाकाली नदीमाथी ट्युब र व्यास क्षेत्रमा तुईतको प्रयोग गरि नेपाल भारत आवत जावत गर्ने गरिएको छ ।

निर्वाचनको समयमा १२ फेब्रुअरी बेलुका देखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनले समेत जानकारी गराएको छ । निर्वाचनको समयमा सीमा क्षेत्रमा शान्ति र सुरक्षा व्यवस्थापनका लागि सहयोग सम्बन्धी हालै सम्पन्न नेपाल भारत सीमा बैठकमा छलफल समेत गरिएको थियो ।

सीमापुलहरु दैनिक विहान ७ बजे देखि बेलुका ५ बजे सम्म गरि १२ घण्टा सम्म नेपाल भारत आवत जावतका लागि खुला गर्ने गरिएको छ भने रातीको समयमा अत्यावश्यक कामका लागि खोल्ने गरिएको छ ।

Leave A Reply

Your email address will not be published.