Naya Sadar
Badar

एसईईको तालिका सार्वजनिक, कुन दिन कुन विषयको परीक्षा (तालिकासहित)

Sadar Sano

दार्चुला । आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य(अङ्ग्रेजी, अनिवार्य(संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा गएर हेर्न सकिन्छ ।

Naya Mat patra

सरकारले वैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेकाले त्यसअघि नै परीक्षा तोकिएको हो । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।

चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्ने गरी मिति घोषणा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताउनुभयो । यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ । कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय आउँदो फागुन १ गतेदेखि खुल्दैछन् ।

विद्यालय बन्दा हुँदा वैकल्पिक माध्यमबाट विद्यार्थीलाई पढाउँदै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन । त्यसैले विद्यार्थीको पढाइ पूरा गर्न चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय भएको हो ।

बोर्डले जेठमा कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.