प्रधान सेनापती शर्मा दार्चुलामा,गुरुगोरख गुल्मको निरिक्षण

दार्चुला । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा विहीबार दार्चुला पुगेका छन् ।मालिकार्जुन नमुना मा वि धापमा प्रधानसेनापति शर्मा चढेको हेलिकोप्टर अवतरण भएको थियो ।
अवतरण पछि गाडीद्वारा महाकाली नगरपालिका वडा नम्वर ५ खेट्टेबगर स्थित गुरुगोरख गुल्मको तालिमको निरिक्षण गरेका छन ।
प्रधानसेनापति शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र उपसचिव पनि सहभागी रहेका छन्।

यस्तै दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडक खण्डको ट्र्याक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।सेनाबाट उक्त निर्माण कार्य गराउन स्वीकृति प्रदान गर्ने निर्णय भएको थियो

 

Leave A Reply

Your email address will not be published.