नेपाली काँग्रेस दार्चुलाले चुनाव केन्द्रीत अभियान कार्यक्रम गर्ने

दार्चुला । नेपाली काँग्रेस दार्चुलाले चुनाव केन्द्रीत कार्यक्रम गर्ने भएको छ । अगामी बैशाख ३० गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस दार्चुलाले चुनावी अभियान कार्यक्रम सुरु गरेको हो ।

शुक्रवार र शनिवार बसेको काँग्रेस जिल्ला कार्य समितिको दोस्रो बैठकले निर्वाचनको पूर्व तयारीका लागि विभिन्न समिति गठन गरेको नेपाली काँग्रेस दार्चुलाले जनाएको छ ।

आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरी नेपाली काँग्रेस जिल्ला कार्य समितिले पालिका भेला आयोजना गर्ने निर्णय गरेको छ । भेला अन्तर्गत फागुन ७ गते मालिकार्जुन गाउँपालिका, फागुन ९ गते लेकम गाउँपालिका, फागुन ११ गते शैल्यशिखर नगरपालिका, फागुन १२ गते मार्मा गाउँपलिका, फागुन १४ गते अपी हिमाल गाउँपालिका, फागुन १८ गते व्याँस गाउँपालिका, फागुन २१ गते दुहुँ गाउँपालिका, २० गते महाकाली नगरपालिका र फागुन २४ गते नौगाड गाउँपालिकामा भेला आयोजना गर्ने जनाइएको छ ।

जिल्ला सभापति बोहराको नेतृत्वमा १९ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ भने बैठकले कार्य सम्पादन समिति, अनुशासन समिति लगायत अन्य समितिसमेत गठन गरेको पार्टी सभापति ललित सिंह बोहराले जानकारी दिनुभयो ।
बैठकले नेपाली काग्रेस दार्चुलाको कोषाध्यक्षमा हंसराज भट्टलाई मनोनयन गरेको छ । उनकै संयोजकत्वमा ३ सदस्यीय अर्थ समिति गठन गरिएको छ । यस्तै शुभेच्छुक संघसंस्था उद्योग तथा वाणिज्य विभाग संयोजक महादेव बडू, स्थानीय तह गैर सरकारी संघसंस्था तथा सामाजिक विभाग संयोजक ललित सिंह ठगुन्ना, संगठन विभाग संयोजक पुलेन्द्र बहादुर कार्की, सूचना संचार तथा प्रचार प्रसार विभाग, पार्टी प्रवत्ता माधव राज भट्ट, कृषि तथा भूमी सुधार विभाग संयोजकमा भान सिंह धामी, युवा तथा खेलकुद विभाग संयोजक श्याम सिनाल, महिला तथा सामाजिक सुरक्षा विभाग संयोजक राजु अवस्थी, भातृ संघसंस्था समन्व विभाग संयोजक दान सिह तिंकरीलाई जिम्मेवारी दिइएको छ ।

 

 

Leave A Reply

Your email address will not be published.