छरिएरका माओवादी घटकहरुलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

दार्चुला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।

२७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देशमार्फत प्रचण्डले परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरुमा जनयुद्धका उपलब्धि एवम् सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताका मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध पनि गर्नुभएको छ ।

वक्तव्यमा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा बदनाम गर्न लागिपरेको समेत उल्लेख छ । माओवादीले १० वर्षे सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरेको छ ।

प्रेस वक्तव्य :

Leave A Reply

Your email address will not be published.