एकीकृत समाजवादीले एमालेका कार्यकर्ता भित्र्याउदै

दार्चुला । मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा एकीकृत समाजवादी भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ ।

एकीकृत समाजवादीले विशेष गरी एमालेका कार्यकर्ता भित्र्याउन थालेका छन् । आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तान काठमाडौंमा अध्यक्ष माधव नेपालले नै भित्र्याएका थिए ।

स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनिएकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पछिल्लो समय मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा एमालेको जिल्ला अधिवेशन हुन सकेको छैन । यही विवादको फाइदा एकीकृत समाजवादीले लिन थालेको छ

Leave A Reply

Your email address will not be published.