Naya Sadar
Badar

महाअभियोग प्रस्तावमा सहभागी नहुने राप्रपाको निष्कर्ष

Sadar Sano

दार्चुला – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावमा सहभागी नहुने राप्रपाले निष्कर्ष निकालेको छ ।

Naya Mat patra

आज मङ्गलवार काठमाण्डौको धुम्बाराहीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै त्यो प्रस्तावको पक्षमा उभिन नसक्ने प्रष्टयाएको हो ।

प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको खेलमा आफ्नो पार्टी सहभागी नहुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । बैठकले न्यायालय राजनीतिक दलहरूकै दबाब, प्रभाव, हस्तक्षेप र भागबन्डाका कारण धराशायी भएको राप्रपाको बुझाइ छ ।

राप्रपाले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय पनि गरेको छ । समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवलशम्शेर राणा नेतृत्वको वार्ता समितिले त्यो अभियानसँग एकता गर्ने प्रस्ताव बैठकमा राखेको थियो । त्यही प्रस्ताव अनुमोदन गरिएको पार्टीका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.