शैल्यशिखर १ मा नेपाली कांग्रेसको टोल समितिहरु गठन

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालीका वडा नम्बर १ बारील टोल अन्तरर्गत नेपाली कांग्रेसले तिन वटा टोलहरुमा समिति गठन गरेको छ ।

बुधबार आज बारील टोलमा नहकुल खडायत सभापती रहने गरी १९ सदस्यीय टोल समीती गठन गरेको हो ।

त्यस्तै शैल्यशिखर नगरपालीका वडा नम्बर १ खालीबगर टोलमा सहदेव खडायत सभापती रहने गरी १४ सदस्यीय टोल समिति गठन गरेको छ । त्यस्तै वडा नम्बर १ कोत बारील टोलमा पनी केशव खडायत सभापती रहने गरी १३ सदस्यीय टोल समीती गठन गरेको नेपाली कांग्रेस शैल्यशिखर नगरपालीका वडा नम्बर १ का सभापति प्रकाश भट्टले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस शैल्यशिखर नगरपालीका वडा नम्बर १ का सभापति प्रकाश भट्टको सभापत्तीत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस दार्चुलाका नेता धर्म बहादुर खडायतको प्रमुख आथीत्यता रहेको थियो भने उक्त कार्यक्रममा नेपाली कांग्रेस दार्चुला जिल्ला कार्य समिती सदस्य कर्ण बहादुर खडायतको बिशीष्ट आथित्यता रहेको थियो ।

कार्यक्रममा शैल्यशिखर नगरपालिका नेपाली कांग्रेसनगर उपसभापती मान सिह खडायत,भुतपुर्व वडा सदस्य सहबिर खडायत,तरुण दल सभापती असोक खडायत लगायत अन्य नेपाली कांग्रेसनेता , कार्यकर्ता ,हरुको उपस्थीति रहेको नेपाली कांग्रेस दार्चुलाका नेता धर्म बहादुर खडायतले बतानुभयो ।

Leave A Reply

Your email address will not be published.