शैल्यशिखरको पनेबाजमा नेपाली कांग्रेसको टोल समिति गठन

दार्चुला –  दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाज टोलमा नेपाली कांग्रेसले टोल समिती गठन गरेको छ । बिहीबार आज पनेबाज टोलमा दामोदर धामी सभापती रहने गरी १९ सदस्यीय टोल समिति गठन गरेको हो ।

त्यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर ६ किडेपातल टोलमा पनि राम सिह खाती सभापती रहने गरी २१ सदस्यीय टोल समिति गठन गरेको छ ।

शैल्यशिखर नगरपालीका वडा नम्बर ६ का नेपाली कांग्रेस सभापति राजेन्द्र सिह धामीको सभापत्तित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस दार्चुलाका जिल्ला समिति सदस्य शान्जा धामीको प्रमुख आथित्यता रहेको थियो भने उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा शैल्यशिखर नगरपालीका ६ का वडा अध्यक्ष गोपाल सिह धामीको बिशीष्ट आथित्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्यय समिति सदस्य जयराज बिष्ट लगायत अन्य नेपाली कांग्रेस नेता ,कार्यकर्ताहरुको उपस्थिति रहेको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ नेपाली कांग्रेसका सभापति राजेन्द्र सिह धामीले बतानुभयो । नेपाली कांग्रेसको टोल समिति गठन अन्तर्रगत भोली शैल्यशिखर ६ को उल्लानी र ग्वानी टोलमा टोल समिती गठन गर्ने सभापति राजेन्द्र सिह धामी जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.