बिप्फेगण सामुदायिक वनको बैठक सम्पन्न

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५मा रहेको बिप्फेगण सामुदायिक वनको बैठक बिहीबार सम्पन्न भएको छ ।
बिफेगण सामुदायिक वन संरक्षण समितिका अध्यक्ष मान सिंह डागाको अध्यक्षतामा भएको बैठकले बिभीन्न निर्णय गर्दै बैठक सम्पन्न गरेको हो ।

वनजंगल क्षेत्र भित्र ज्यादती रुपमा विनाश भइरहेकाले उक्त कार्य तत्काल रोक्न एक हप्ते सुचना जारी गरिएको छ । साथै यस अवधि भित्र कसैले सुचना बिपरित काम गरेको पाइए वन एेन अनुसार कार्वाही गर्ने निर्णय गरेको सचिव राजेन्द्र साउदले बतानुभयो ।
उहाका अनुसार अबका दिनमा गाई,गोरु चराएको पाएमा ५०० रुपया जरीवाना हुने र यदी कसैले वन फडानि गरे दुई हजार जरीवाना गर्ने आजको बैठकले निर्णय गरेको छ । सामुदायिक विकास तथा सामाजिक रुपान्तरणका कार्यहरुमा युवा क्लब कटिबद्ध भइ सकृयताका साथ लाग्ने अध्यक्ष मान सिंह डागाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.