एक हजार पाच सय वटा ओखरका बिरुवा वितरण

दार्चुला । शैल्यशिखर नगरपालीका भित्र रहेका सामुदायिक वनहरुलाई थिल सेल जातको दाँते ओखर पकेट क्षेत्रका रुपमा विकास गर्नका लागि १५ सय वटा बिरुवा वितरण गरिएको छ ।

शैल्यशिखर नगर वन सन्जाल र डिभिजन वन कार्यालय दार्चुलाको सहयोगमा बिहीबार शैल्यशिखर नगरपालीका भित्र रहेका २० ओटा सामुदायिक वनहरुलाई ओखरका बिरुवा बितरण गरेको हो ।

ओखर पकेट क्षेत्रका रुपमा अघि बढाउने उद्देश्यले आज सो बिरुवा निःशुल्क वितरण गरेको हो । प्रति वनलाई ७० देखि १ सय सम्म ओखरका बिरुवा बितरण गरेको नगर वन सन्जाल का अध्यक्ष अर्जुन देव साउँदले बताउनुभयो ।

मौसम र समय अनुसार सबै सामुदायिक वनमा अन्य बिरुवाहरु पनि रोप्ने र प्रर्यटकीय क्षेत्र बनाउने उदेश रहेको नगर वन सन्जाल समीतिका सचिब धन बहादुर बिष्टले जानकारी भयो ।

सार्वजनिक क्षेत्र र निजी आवादी क्षेत्रमा कृषि वनलाई पनि व्यावसायिक रूपमा खेती गराउनका लागि प्रस्ताव आह्वान गरेर ठूलो क्षेत्रमा जडिबुटी तथा फलफूल खेतीमा किसानलाई आकर्षित गर्न योजना रहेको नगर वन सन्जाल का अध्यक्ष अर्जुन देव साउँदले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.