माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्यान गयो

दार्चुला । पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको ज्यान गएको छ ।

करेन्ट लागेर ज्यान जानेमा स्थानीय खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

हिजो बेलुका तिनाउ गाउँपालिका–१, बेलदमारका पदमबहादुर चिदीको घरबाट बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्यान गएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.