मालिकार्जुनको बसेडीमा नेकपा एमालेको टोल कमिटी गठन,९ जनाले गरे एमाले प्रवेश

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडानम्बर ३ बसेडी टोलमा नेकपा एमालेले  टोल  कमिटी गठन गरेको छ । शुक्रबार गोपालसिह धामी संयोजक रहने गरी १५ सदस्यीय टोल कमिटी गठन गरेको हो ।

समितीको उपसंयोजकमा मदनसिह धामी चयन गरिएको युवा संघ पालिका कमिटि सचिव आनसिह धामीले जानकारी दिनुभएको छ ।

त्यस्तै टोल भेलाले युवा संघ नेपाल,अखिल नेपाल किसान संगठन र अखिल नेपाल महिला संघ पनी गठन गरेको छ । युवा संघ नेपालको संयोजकमा हरिशसिह धामी उपसंयोजकमा नविनसिह धामी सहित १३ सदस्यीय कमिटि गठन गरेको पालिका युवा संघ पालिका कमिटि सचिव धामीले बताउनुभयो ।

नेकपा एमाले वडाकमिटि अध्यक्ष खडकसिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सदस्य मोहनसिह धामी प्रमुख अतिथि रहेका थिए भने जिल्ला कमिटि सदस्य गणेशसिह धामी विशिष्ट अतिथि रहेका थिए । कार्यक्रम अन्तरर्गत भोली मालिकार्जुनको भतडीगाडा र ढिपड्याणी टोल मा समिती गठन गरिने नेकपा एमाले मालिकार्जुन गाउँपालिका कमिटि सचिव सुरेन्द्रसिह धामीले जानकारी दिनुभयो ।

त्यसैगरी दार्चुलाको मालिकार्जुन गाउँपालिका वडानम्बर ३ बसेडी टोलमा ९ जनाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पाटी परीत्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसबाट ८ जना र नेकपा माओवादी केन्द्रबाट १ जना गरी ९ जनाले नेकपा एमाले प्रवेश गरेको नेकपा एमाले वडाकमिटि अध्यक्ष खडकसिह धामीले बतानुभयो ।

टोल कमिटि गठन गर्ने क्रममा बसेडीमा नेपाली कांग्रेस परित्याग गरि लालसिह धामी,नविनसिह धामी, हरिशसिह धामी,सम्पती देवी धामी,जनकसिह धामी, अमरसिह धामी, सरस्वती धामी र जानकी धामी र नेकपा माओवादी केन्द्र परित्याग गरि भरतसिह धामीले एमाले प्रवेश गरेको उहाँले बताउनुभयो ।

अन्य पार्टीले झुटको मात्रै खेती गर्ने तर विकासको नाममा सिन्को पनि नभाँच्ने भएकोले एमाले पार्टी रोजेको अर्का नवप्रवेशी अमरसिह धामीको भनाई रहेको छ ।

नवप्रवेशीलाई नेकपा एमाले सुुदुरपश्चिम प्रदेश कमिटि सदस्य मोहनसिह धामी सहितको टोलीले टिका अविर लगाई पार्टीमा स्वागत गरेको युवा संघ पालिका कमिटि सचिव आनसिह धामीले जानकारी दिनुभयो ।

Open photo

Leave A Reply

Your email address will not be published.