नेपाली कांग्रेसको टोल समिती गठन सम्पन ।

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालीका वडा नम्बर ६ ले सबै टोलमा नेपाली कांग्रेस टोल समिती गठन गरेको छ ।
बिहीबार पनेबाज टोल र किडेपातल टोलमा समिती गठन गरेको थियो भने ।

त्यस्तै शुक्रबार उल्लानी र ग्वानिमा टोल समेती गठन गरेको वडा सभापती राजेन्द्र सिंह धामीले जानकारी दिनुभयो । टोलमा समिती अन्तरर्गत उल्लानि टोलमा केशर सिंह धामी संयोजक रहने गरी १७ जना सदस्यीय टोल समिती गठन गरेको छ भने यस्तै ग्वानिमा धनबिर सिंह धामी संयोजक रहने गरी २५ जना सदस्यीय रहेको वडा सभापती राजेन्द्र सिह धामीले बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस ६ का सभापति राजेन्द्र सिह धामीको सभापत्तीत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिती सदस्य सान्जा धामीको प्रमुख आथीत्यता रहेको थियो भने उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यक्रताहरुको सहभागीता रहेको वडा सभापती राजेन्द्र सिह धामीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.