डिलासैनीमा नेकपा एमालेको प्रशिक्षण तथा कार्यकर्ता भेटघाट सम्पन्न

दार्चुला । बैतडीको डिलासैनी गाउपालिका  केन्द्र पसेंरामा आईतबार नेकपा एमाले डिलाशैनी गाउपालिका कमिटीको प्रशिक्षण तथा कार्यकर्ता भेटघाट सम्पन्न भएको छ ।

अगामी बैशाखमा हुने चुनावी अभियान लाई लक्षित गर्दै प्रशिक्षण तथा कार्यकर्ता भेला सम्पन्न भएकोे डिलाशैनी गाउपालीका ३ नेकपा एमाले वडा कमिटी अध्यक्ष्य गोर्कण बहादुर रानाले बतानुभयो ।

नेकपा एमाले डिलाशैनी गाउपालिका कमिटी अध्यक्ष्य रघुबिर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बैतडी जिल्ला कमिटी अध्यक्ष्य सुरेन्द्र बहादुर पालको प्रमुख आथीत्यता रहेको थियो भने उक्त कार्यक्रममा नेकपा एमाले डिलाशैनी गाउपालिका अध्यक्ष्य तथा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य उकेन्द्र बोहराको बिशीष्ट आथित्यता रहेको थियो ।

प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कागेंस ,नेकपा माओवादी केन्द्र ,राप्रपा पाटी परीत्याग गरी २५ जनाले नेकपा एमाले प्रबेश गरेको नेकपा एमाले वडा कमिटी अध्यक्ष्य गोर्कण बहादुर रानाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.