नेकपा एमालेको डिलाशैनी ६ मा पार्टी कार्यालय उद्घाटन

दार्चुला । बैतडीको डिलाशैनी गाँउपालिका वडा नं ६ मा नेकपा एमालेको वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ । मगंलबार पार्टी कार्यालयको जिल्ला अध्यक्ष सुरेन्द्र पाल लगायतलले उद्घाटन गरेका हुन् ।

डिलाशैनी गाँउपालिका वडा नं ६ वडा कमिटि अध्यक्ष धनसिह मालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीमा जिल्ला अध्यक्ष सुरेन्द्र पाल रहनु भएका थिए।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता कार्यकर्ताहरुले एकताबद्ध भएर पार्टीलाई अघि बढाउने बिषयमा प्रतिबद्धता जनाएको डिलाशैनी गाउँ कमिटि सल्लाहकार सदस्य बिशन सिह कठायतले जानकारी दिनुभयो ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.