स्थानीय तह चुनावका लागि आयोगमा अहिलेसम्म २९ दल दर्ता

दार्चुला – स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा अहिलेसम्म २९ वटा दल दर्ता भएका छन्।

पछिल्लो पटक थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो। यसअघि दश वटा राजनीतिक दलले निवेदन दिएका थिए।

आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, विवेकशील पार्टीलगायतले निवेदन दिएका हुन्।

आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि फागुन ५ गते सूचना निकालेर यही १६ गनेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको थियो।

सङ्घीय संसदमा प्रतिनिधित्व हुने र दलीय चुनाव चिह्न पाउने नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतले स्थानीय तह चुनावका लागि अहिलेसम्म दल दर्ताको निवेदन दिएका छैनन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.