डिलाशैनीको केन्द्र धामीगाउँमा राखेर काम गर्न सरकारको पत्राचार

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र विवाद अन्त्य भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकालाई सचिव स्तरीय निर्णयको पत्र पठाउँदै धामीगाउँ केन्द्र राख्न भनेपछि विवाद अन्त्य भएको हो।

हाल पालिकाको कार्यालय वडा नं ३ पङसेरामा राखिएकोमा धामीगाउँ केन्द्र राख्न भनिएको छ। कार्यपालिकाले ०७७ मंसिर २१ गते केन्द्र हेरफेर गरेर पङसेरामा राख्न सरकारलाई पत्र पठाएको थियो। फाइल मन्त्रीपरिषद् बैठकमा पेश भएपनि हेरफेर सम्बन्धी कुनै निर्णय नभएकाले डिलाशैनी गाउँपालिकाको वडा नं ७ मै केन्द्र रहेको र सोही ठाउँबाट सेवा सञ्चालन गर्न मन्त्रालयले गाउँपालिकाका नाममा पत्राचार गरेको छ । मन्त्रालयको सचिवस्तरको निर्णय भएकाले सोही अनुसार कार्यान्वयन गराउन पनि पालिकालाई आग्रह गरिएको छ ।

डिलाशैनीमा लामो समयदेखि केन्द्रबारे विवाद थियो। नेताहरुले आफूलाई पायक पर्ने स्थानमा केन्द्र सारेको भन्दै युवाहरुले आन्दोलन पनि गरिरहेका थिए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.