सुर्खेतमा बन्दको प्रभाव कांग्रेस–एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी

दार्चुला – अमेरिकी सहायता एमसीसी संसदबाट पारित भएपछि बन्दकर्ताहरूको आन्दोलनका कारण सुर्खेत तनावग्रस्त हुँदै गएको छ ।   बन्दकर्ताहरूले पार्टी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरेका छन् । प्रहरी र बन्दकर्ताहरूबीच झडपसमेत भएको छ । उनीहरूले कांग्रेस, एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् भने माओवादी केन्द्र पार्टी कार्यालय पनि तोडफोड गर्ने प्रयास गरेका छन् । यसैबीच प्रहरीले केही बन्दकर्ताहरूलाई पक्राउ गरेको छ । बन्दकर्ताहरूले ठाउँ–ठाउँमा विरोध गर्नुका साथै प्रहरीलाई ढुङ्गा प्रहार गरेका छन् ।

Leave A Reply

Your email address will not be published.