Naya Sadar
Badar

ब्यासमा ट्याकटर दुर्घटना हुदाँ एक पुरुष को मृत्यु

Sadar Sano
Naya Mat patra

 दार्चुला-दार्चुलाको व्यास गाउँपालिका वडा नं ४ मा ट्याकटर दुर्घटना हुदाँ एक जना पुरुषको मृत्यु भएको छ ।
निर्माणाधिन दार्चुला तिंकर सडकको डोकटमा गएराती साढे १० बजेतिर ट्याक्टर दुर्घटना भएको हो।दुर्घटना मा परी बझाङ घर भएका २३ बर्षिय विरेन्द्र खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए।  दुर्घटनाको जानकारी पाएपछि राती नै प्रहरी घटनास्थलमा पुगेको थियो । ट्याकटर चालक बझाङकै मान बोहरा ट्याक्टर दुर्घटनापछि फरार रहेका छन् । व्यास गाउँपालिका क्षेत्रमा दार्चुला तिंकर सडक चौडा बनाउने तथा नाली निर्माण गर्ने कार्य सञ्चालनमै रहेको छ। सडकको निर्माणमा प्रयोग भएको से २ त १७९९ नम्बरको ट्याकटर डोकटबाट डोब जाने क्रममा दुर्घटना भएको हो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाकि रहेको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी ले जनाएको छ।

Leave A Reply

Your email address will not be published.