दार्चुला –नेपाली कांग्रेस ब्यासले बृहत् कार्यकर्ता भेला सम्पन्न गरेको छ। बैशाख मा हुने स्थानीय तहको निर्वाचन लाई मध्यनजर गर्दै निर्वाचनको तयारी स्वरुप नेपाली काङ्ग्रेस ब्यास गाउँपालिकाको आयोजनामा बृहत कार्यकर्ता भेला कार्यक्रम गरिएको हो । ब्यास गाउँ पालिकाको वडा नम्बर ४ सुन्सेरा डोकट मा भएको कार्यक्रम मा सभापति नरेन्द्र प्रसाद भट्ट रहनु भएका थिए भने प्रमुख अतिथी नेपाली कांग्रेस दार्चुला का सभापति ललित बोहरा रहेका थिए । कार्यक्रम मा नेपाली कांग्रेस दार्चुला का जिल्ला सचिब पुलेन्द्र बहादुर कार्की महाधिवेशन प्रतिनिधि दिलिप सिंह बुढाथोकी हर्क बहादुर बिस्ट गणेश भट्ट बासुदेब ऐतवाल सहित पार्टी का कार्यकर्ता को समेत बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि एवं ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकी ले आफ्नो कार्यकालमा स्थानीय सरकारको स्रोत साधनले गर्न सक्ने सम्पुर्ण बिकास निर्माणका कार्यक्रम योजनाहरु खरमुक्त कार्यक्रम,धुवामुक्त कार्यक्रम,कडा रोगीलाई राहत जस्ता कार्यक्रम बाट नेपाली काङ्ग्रेसको शिर उचो बनाएको र अगामी स्थानीय तहको निर्वाचनमा पनि ब्यास गाउँपालिकामा कांग्रेस लाई जिताउन नेता कार्यकर्तालाई आग्रह गरेका थिए।
साथै दुहु गाउँपालिका अध्यक्ष कार्यक्रम मा काङ्ग्रेस दार्चुलाका सचीव पुलेन्द्र बहादुर कार्किले ब्यास गाउँपालिकामा गाउँपालिकाले गरेका लोकप्रिय कामहरूको बारेमा आफ्नो टोल मा प्रचारप्रसार गरेर काङ्ग्रेस जिताउने अभियानमा लाग्न सम्पुर्ण नेता कार्यकर्तालाई आग्रह गरेका छन। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५० जनाले नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरेको ब्यास गाउपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकी ले जानकारी दिए।