पार्टीहित बिपरित कार्य गरेको भन्दै कांग्रेस पुर्ब आमन्त्रित सदस्य धामी लाई साधारण सदस्य समेत नरहने गरि निष्कासन
दार्चुला – कांग्रेस जिल्ला कार्य समितिका पूर्व आमन्त्रित सदस्य मदन सिह धामीलाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरिएको छ । विगत केही महिनादेखि शैल्यशिखर नगरपालिका–६ का मदन सिंह धामी पार्टी हित विपरितका गतिविधिमा सक्रृय देखिएकाले निजलाई नेपाली काँग्रेसको विधान २०१७ (शंशोधित) बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको पार्टी सभापति ललित सिंह बोहराद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जनाइएको छ । धामीलाई वडा कार्य समिति, नगर कार्य समिति र क्षेत्रीय कार्य समिति ‘ख’ ले जानकारी गराएबमोजिम कारवाही गरिएको जिल्ला सभापति बोहरा ले बताउनु भयो।
