Naya Sadar
Badar

आगामी चुनावमा एक्लै बहुमत ल्याउने कांग्रेसको दाबी

Sadar Sano

दार्चुला । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरुले मंसिर अघि नै संघीय संसदको चुनाव हुन सक्ने बताएका छन ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसिर अघि नै संघीय संसदको चुनाव गर्ने बताउनु भएको हो । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय कार्य समितिले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै वरिष्ठ नेता पौडेलले संसद सञ्चालन नहुने हो भने चाँडै संघीय संसदको चुनाव गराउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको बताउनु भयो ।

उहाँले देशलाई अलमलमा राख्न नदिन पनि संसद नचले नयाँ संसदका लागि चुनावमा छिटो जानुको विकल्प नरहेको तर्क गर्नुभयो । वरिष्ठ नेता पौडेलले भन्नु भयो, ‘मैले त प्रधानमन्त्रीलाई भनि सके–चाँडै संसद सञ्चालन गर्नु पर्यो वा चाँडै संसद ल्याउनुपर्यो । अब यस्तो अलमलमा राख्नु हुँदैन देशलाई । म सबैलाई के भन्न चाहन्छु भने–एमसीसी पास गरिएको छ । यसले देशको विकास र समृद्धिले फड्को मार्नेछ । तर नेपाली जनतालाई यसबारे बुझाउन सक्नुपर्दछ ।’

Naya Mat patra

महामन्त्री थापाले एमालेले संसद चल्न दिएन भने मंसिर अघि नै संघीय संसदको चुनाव हुने र आफ्नो पार्टीले बहुमत ल्याएर पाँच वर्ष देश शान्दार ढंगले चलाउने बताउनु भयो । उहाँले पालिकाको चुनाव बैशाख ३० गते नै हुने बताउनु भयो । महामन्त्री थापाले भन्नु भयो, ‘बैशाख ३० गते पालिकाको चुनाव गराउने हो । त्यसपछि आम चुनाव हुन्छ । एमालेले संसद चल्न दिएन भने मंसिर अघि नै चुनाव हुन सक्छ । हामी चुनावमा जाने हो । शान्दार ढंगले बहुमत ल्याएर पाँच वर्ष देश चलाउने हो ।’

कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति धनराज गुरुङले आफ्नो पार्टी चुनावतर्फ लम्किएको उल्लेख गर्दै एक्लै चुनावमा लडने संकेत गर्नु भयो । प्रचण्ड, माधव नेपालहरुलाई चमेराको संज्ञा दिँदै उहाँले उनीहरुले साथ छोड्दैमा आफ्नो पार्टीलाई चुनावमा केही फरक नपर्ने बताउनु भयो ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले रुपान्तरित कांग्रेसनै देशको भरोसा भएको दाबी गर्नु भयो । उहाँले देशको समृद्धिका लागि कांग्रेस एकतावद्ध हुने र देशलाई विकल्प दिनेगरी अघि बढने संकल्प पनि गर्नुभयो । महामन्त्री शर्माले भन्नु भयो, ‘रुपान्तरिक भएको कांग्रेस देशको भविष्य हो । यही पुरानो कांग्रेसलाई रुपान्तरित गरेर देशलाई विकल्प दिने हो । किनभने कांग्रेस नै देशको भरोसा हो ।’

कांग्रेस महामन्त्री शर्माले लोकतन्त्रको सवाल, देशको विकास र समृद्धिको सवालमा कांग्रेस एकतावद्ध भएर अघि बढ्छ भन्ने कुरा संसदबाट पारित गरिएको एमसीसीले पनि देखाएको स्मरण गराउनु भयो । उहाँले गुटको पछि लागेर पार्टीलाई कमजोर बनाउन काम गर्न नहुने पनि बताउनु भयो

Leave A Reply

Your email address will not be published.