दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ९मा रहेको गोकुलेश्वर माध्यमिक बिद्यालय गोकुलेश्वरमा नेपाल शिक्षक संघ शैल्यशिखर नगरसमितीको भेला सम्पन्न भएको छ । नेपाल शिक्षक संघ शैल्यशिखरको आयोजनामा शनिबार भेला सम्पन्न भएको हो ।
नेपाल शिक्षक संघ शैल्यशिखर नगरपालिकाका अध्यक्ष दान सिंह डागाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा शैल्यशिखर नगरपालिका का नगर प्रमुख अमर सिह धामी , त्यस्तै बिशिष्ट अतिथिमा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट रहेका थिए ।
नगर महासंघ अध्यक्ष पिताम्बर बिष्ट जिल्ला कार्यसमीती सदस्य भोज सिंह धामी लगायात अन्य शिक्षक संघमा आबद्ध शिक्षक हरुकोे उपस्तिथि रहेको थियो। शनिबार सम्पन्न भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सगंठन परित्याग गरी तारा धामी ,बिमला लुहार ,ऐन डागा , रघुबिर ठगुन्ना र ,कर्ण बहादुर पालले नेपाल शिक्षक संघको सदस्यता लिएको नेपाल शिक्षक संघ नगर अध्यक्ष दान सिह डागाले बतानुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख धामीले सम्पुर्ण नगर शिक्षकहरु लाई समाबेशी ढङ्गले तलव ब्रद्धी गरेको र सबैको हक हितको लागी शैल्यशिखर नगरपालिकाले उल्लेखेनिय काम गरेको बताउनु भयो।
