एमाले सांसद बानियाँ निलम्बित

दार्चुला – जबरजस्ती करणी मुद्दामा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ पदबाट निलम्बनमा पर्नुभएको छ । बानियाँ पक्राउ परेको विषय सभामुख अग्नि सापकोटाले प्रनिनिधि सभा नियमावली २०७५ को नियम २ सय ४४ को उपनियम ३ अनुसार संसदलाई जानकारी गराउनुभएको छ । सभामुखले जानकारी गराएसँगै उहाँ निलम्बनमा पर्नुभएको हो ।

यो नियमअनुसार कुनै पनि सांसद प्रहरी हिरासतमा रहेको अवस्थामा कानुनअनुसार तीन वर्ष वा त्योभन्दा धेरै अवधिको कैदको सजाय हुने, नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भएर पुर्पक्षका लागि थुनामा रहेको अवधिभर उसले सदस्यको हैसियतले कुनै काम गर्न नपाउने र पारिश्रमिक, सेवा सुविधा स्थगित हुने उल्लेख छ ।

नेकपा एमाले मुगुका सांसद बानियाँले आफूलाई जबरजस्ती करणी गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदन दिएपछि उहाँ अहिले प्रहरी हिरासतमा हुनुहुन्छ ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले सांसद बानियाँलाई खोजी गरिरहेका बेला यही फागुन १६ गते सांसद बानियाँ आफैँ प्रहरी कार्यालयमा पुग्नुभएको थियो । उहाँलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको विषय प्रहरीले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएको थियो ।

health
Leave A Reply

Your email address will not be published.