शैल्यशिखर ६ उल्लानीमा एमाले र माओवादी परित्याग गरि २८ जनाले गरे कांग्रेस प्रवेश

दार्चुला – शैल्यशिखर नगरपालिका वडा नम्बर ६ को उल्लानीमा नेपाली कांग्रेसले टोलभेला सम्पन्न गरेको छ।

केशव सिंह धामीको सभापतित्वमा भएको कांग्रेस टोलभेलामा प्रमुख अतिथी महाधिवेशन प्रतिनिधि बिक्रम सिंह धामी रहेका थिए भने बिशिस्ट अतिथिमा शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमर सिंह धामी, जिल्ला समन्वय समिति सदस्य जयराज बिस्ट रहेका थिए।

उक्त टोलभेला कार्यक्रममा नेकपा एमाले परित्याग गरि २६ जनाले नेपाली कांग्रेस प्रबेश गरेका छन भने दुई जनाले नेकपा माओवादी परित्याग गरि कांग्रेस प्रवेश गरेको टोल सभापति केशब सिंह धामीले बताउनुभयो।

त्यस्तै एमाले परित्याग गरेर कांग्रेस प्रवेश गर्ने हरुमा देब सिंह धामी, नन्दा देबी धामी, रमेश सिंह धामी, राधा धामी, बिराट सिंह धामी, शिव सिंह धामी,घुङरा देबी धामी,कबिता धामी, मोहन सिंह धामी, बिस्ना देबी धामी ,डम्बर सिंह धामी, गजी सिंह धामी, हरुली देबी धामी, पर्मिला देबी धामी ,जान,परे धामी, सान्जा देबी धामी, मदन सिंह धामी, अस्मिता धामी, कल्यान सिंह धामी,कल्पना देबी धामी, दामोदर सिंह धामी, पुष्कर सिंह धामी, सरिता धामी, राज धामी र शान्ती धामी रहेका छन भने नेकपा माओवादी परित्याग गरि कांग्रेस प्रवेश गर्नेमा बजिर सिंह धामी र जानकी देबी धामी रहेका छन।

कार्यक्रममा सम्बोधन गर्दै महाधिवेशन प्रतिनिधि बिक्रम सिंह धामीले कांग्रेसले सधैं नयाँ पुस्तालाई हौसला हुने काम मात्र गर्ने तथा कुनैदिन पनि कांग्रेस प्रवेश गरेकामा तपाईंहरुलाई पश्चाताप हुने छैन भन्दै मुलुकको सबै समस्याको समाधानको नाम नै नेपाली कांग्रेस भएको बताए।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अमर सिंह धामीले कम्युनिस्टहरु झुटको भ्रम छर्दै गएका र त्यो झुटको खेतीमा जनता नअल्मलिने बताए। शैल्यशिखर नगरपालिका कांग्रेसमय हुने मेयर धामीको भनाइ थियो।

नव प्रबेशी कल्यान सिंह धामीले भने अहिलेसम्म हामी नेकपाले बाँडेको सपनामा अलमिलएका रहेछौँ अब जनतालाई जसरी हुन्छ निर्चोने अनि भ्रष्टाचार, वेथिती र विसंगतीमा रमाउने कम्युनिष्ट प्रवृत्तिको अन्त्यका लागि प्रजातान्त्रिक शक्ति नै चाहिने रहेछ भन्ने महसुस भएर हामीले कांग्रेस प्रवेश गरेका हौ। कल्यान सिंह धामी नेकपा एमालेका राष्ट्रिय युवा संगठन नगर सदस्य समेत रहेका थिए।

health
Leave A Reply

Your email address will not be published.