दार्चुला – लेकम गाउँपालिकामा बिहिबार प्रथम पालिकास्तरीय दलित सघंको कमिटी गठन भएको छ ।
कार्यक्रममा वडा नम्बर ४ कि वडा सदस्य कृष्णा टमटाको अध्यक्षता रहेको थियो भने लेकम गाउँपालिकाका नेपाली कांग्रेसका युवानेता ईन्द्र सिंह साउँद प्रमुख अथिति रहनु भएका थिए ।
दलित संघ कमिटीमा सभापति राजु राम लावड चयन भएका छन भने , उपसभापतिमा भिम राम पहरी , सचिवमा महेश राम पार्की , सहसचिवमा जीवन राम दमाई र कोषाध्यक्षमा जानकी पार्की रहने गरि २५ सदस्यीय दलित सघं को कार्यसमिति गठन गरेको लेकम गाउँपालिकाका युवा नेता ईन्द्र सिंह साउँदले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यक्रताहरुको बाक्लो उपस्थिती रहेको थियो ।
