काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा दलका उम्मेदवारले खर्च गर्न पाउने सिलिङ प्रस्ताव गरेको छ ।
राजनीतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलमा आयोगले स्थानीय तहअनुसार दलका उम्मेदवारहरूले खर्च गर्न पाउने चुनावी खर्चको सिलिङ प्रस्ताव गरेको हो ।
आयोगका अनुसार महानगरपालिकाका मेयरले साढे ७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने प्रस्ताव गरेको छ ।
त्यस्तै उपहानगरका मेयरले साढे ५ लाख, नगरपालिकाका मेयरले साढे ३ लाख र गाउँपालिकाका प्रमुखले साढे ३ लाखसम्म चुनावी खर्च गर्न पाउने आयोगले बताएको छ ।
कतिपय दलहरुले आयोगले गरेको प्रस्ताव अनुसार चुनावी खर्च नपुग्ने बताएका थिए ।