शैल्यशिखर ६ मिलमिलीमा कांग्रेसको टोलभेला सम्पन्न १३ जनाले गरे कांग्रेस प्रबेश

दार्चुला – शैल्यशिखर नगरपालिका को वडा नम्बर ६ मिलमिलीमा कांग्रेसले टोलभेला सम्पन्न गरेको छ।

टोल सभापति दामोदर सिंह धामीको सभापतित्वमा भएको टोल भेला कार्यक्रममा नेपाली कांग्रेस दार्चुलाका पूर्व उपसभापति तथा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामी प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथीमा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का वडा सभापति राजेन्द्र सिंह धामी र शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल सिंह धामी रहेका थिए ।

उक्त कार्यक्रममा नेकपा एमाले र माओवादी परित्याग गरि १३ जनाले नेपाली कांग्रेस प्रबेश गरेका छन। माओवादी केन्द्र परित्याग गरि १ जना र नेकपा एमाले परित्याग गरि १२ जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन।

माओवादी परित्याग गरेर कांग्रेस प्रवेश गर्नेमा नरेन्द्र सिंह धामी र नेकपा एमाले परित्याग गरेर कांग्रेस प्रवेश गर्नेहरुमा हर्क राम लावड, राजु राम लावड, जानकी लावड, नारु लावड, कल्यान लावड, तारा लावड, हेमन्ती लावड, हरिना लावड, दल्वा लावड, दामा लावड, धनबिर लावड, र माना लावड रहेका छन।

नब प्रवेश गर्नेहरुलाई स्वागत गर्दै नगर प्रमुख धामीले कम्युनिस्ट हरु लाई ५ बर्स जनताले सरकार चलाउन मत दिएको भए पनि उनीहरु सरकार चलाउन असफल रहेको बताए । उनका अनुसार अब देश कांग्रेसमय हुने बताउनु भयो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.