आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने सम्भावना

 दार्चुला – आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज प्रदेश १, गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार आज दिउँसोपछि काठमाण्डौ उपत्यकाको मौसम पनि आंशिक बद्ली हुने सम्भावना छ । यस्तै, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने अनुमान छ ।

यस्तै प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको समेत सम्भावना रहेको छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.