दार्चुला । लोकदोहरी गायक तथा सर्जक मनोज सिंह धामी राष्ट्रिय लोकदोहरी अवार्ड २०७७र७८ हाम्रै हो लिपुलेक गितबाट सम्मानित हुनुभएको छ। २०४८ सालमा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ मा जन्मिनु भएका कलाकार मनोज सिंह धामीको ूहाम्रै हो लिपुलेक हाम्रै हो कालापानीू गीत निक्कै चर्चामा आउन सफल भएको थियो ।
बुबा गोपाल सिंह धामी र आमा मानमती देबी धामीको कोखबाट जन्मिएका गायक धामी २०६६ सालदेखि कलाकारिता पेशामा आबद्ध भएका थिए। उनका हालसम्म दर्जनौ गीतहरु चर्चामा रहेका छन्।

उनले २०६६ सालमा पहिलो गीत कुर्सी मै छन नेता ज्युका आँखा अनि कान, त्यसपछी क्रमशः मत जुनी जुनी, मेरी ढुकढुकी, एउटै धर्ती एउटै जुन, हावाबाट बिजुली बल्ने भयो रे, चुनाब हारियो , परदेशी देउडा, लैझा रुमाल बैना , सलल बगेको पानी, नौ डाडा पारी, हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी, देशकै निम्ति मरे म सहिद लगायत ६० भन्दा बढी गीतहरुमा स्वर दिएका छन्।
उ
त्कृष्ट पाँचको मनोनयनमा छनौट भएका उत्कृष्ट प्रतियोगी मध्ये २० प्रतिशत भोट र ८० प्रतिशत गीतको मूल्यांकनको आधारमा बिजेता छनौट गरिएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाण्डौले आयोजना गरेको सातौ सस्करण राष्ट्रिय लोक दोहोरी अवार्ड बिजेता धामीलाई शनिवार प्रज्ञा भवन काठमाण्डौमा सो अवार्ड प्रदान गरिएको हो। हाम्रै हो लिपुलेक हाम्रै हो कालापानीू गीत ५००० बाट छनौट भइ टप ५ मा परी एक नम्बरमा पर्न सफल भएको हो ।
