Naya Sadar
Badar

कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि सुरु हुँदै

Sadar Sano

दार्चुला । नेपाली कांग्रेसले आजदेखि एक महिने चुनावी अभियान सुरु गर्दै छ। स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो।

Naya Mat patra

अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरिसकिएको महतको भनाइ छ। चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ। स्थानीय तहको निर्वाचनको लागि माहोल बनाउनेलगायत आठ वटा मुद्दामा अभियान केन्द्रित हुने छ।

पार्टीका नेता–कार्यकर्ताहरुलाई जिम्मेवारी बाँडफाँट, एमसीसी सम्झौता पारित गरेको बारेमा यथार्थ कुरा नागरिकलाई जानकारी गराउने, कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने र नेकपा सरकारको गएको तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण नागरिक समक्ष राख्ने प्रवक्ता महतले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.