दार्चुला । नेपाली कांग्रेसले शैल्यशिखर नगरपालिका को वडा नम्बर १ बलाच मा कांग्रेसले टोलभेला सम्पन्न गरेको छ। शैल्यशिखर नगरपालिका वडा नम्बर १ का पार्टी सभापति प्रकाश भट्टको सभापतित्वमा भएको कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामी प्रमुख अथिती रहेका थिए।
आइतबार सम्पन्न भएको टोलभेला कार्यक्रममा नेकपा एमाले परित्याग गरि २३ जनाले कांग्रेस प्रबेश गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ कांग्रेस सभापति प्रकाश भट्टले मालिकार्जुन खबर लाई बताउनुभयो।
त्यस्तै नेकपा एमाले परित्याग गरेर २३ जनाले कांग्रेस प्रवेश गरेको छ ।
प्रवेश गर्नहरुमा ने क पा एमाले वडा कमिटी उपाध्यक्ष प्रकाश बोहरा , फुन्चे बोहरा ,हर्क बहादुर बोहरा ,धिर्क बहादुर बोहरा ,राम बहादुर बोहरा ,नन्दा बोहरा ,सुरेश बोहरा ,गोकुल बोहरा ,कुमारी बोहरा ,पुस्पा बोहरा , अस्मिता बोहरा ,लक्ष्मी बोहरा ,घुङरा बोहरा ,जनक बोहरा ,विशन बोहरा ,राम दत्त जोशी ,जंग वीर दमाई ,शंकर दमाई ,गणेश दमाई ,गोबडी दमाई ,मन्जु दमाई ,सावित्री कुवर,गीता दमाई ,पुजा दमाई रहेका छन ।
नव प्रबेशी प्रकाश बहादुर बोहरा लामो समय देखि नेकपा एमाले मा सक्रिय रही पार्टी का विभिन्न जिम्मेवारी सम्हाल्दै हाल नेकपा एमाले वडा कमिटी उपाध्यक्ष समेत रहेका थिए।
उहाँले प्रेस बिज्ञपति मार्फत नेपाली कांग्रेस को मुल्यमान्यता र पार्टी को बिधान अनुसार कांग्रेस को बफादार सिपाही रही पार्टी मा सक्रिय रहने बिज्ञपतिमा उल्लेख गरेका छन। नब प्रबेशी हरुलाई नगरप्रमुख धामीले सदस्यता प्रदान गरेका थिए।
