घरघर जाऔँ, काँग्रेस जिताऔँ अभियान सुरु : लेकम गाउँपालिकाबाट प्रारम्भ

दार्चुला । नेपाली कांग्रेसले शुरु गरेको ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको लेकम गाउँपालिकाबाट प्रारम्भ गरिएको छ ।
लेकम गाउँपालिकाको रातामाटामा अभियानका लागि केन्द्रिय प्रतिनिधिको रुपमा खटिएका केन्द्रीय सदस्य मोहन राठौरले एक कार्यक्रमकाबीच अभियानको उद्घाटन गरेका छन् ।
नेपाली काँग्रेस लेकम गाउँपालिका सभापति कमलापति मिश्रको अध्यक्षतामा रहेको कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य मोहन सिंह राठोरको प्रमुख आतिथ्यतता रहेको थियो । कार्यक्रममा काँग्रेस जिल्ला सभापति ललित सिंह बोहरा, महाधिवेशन प्रतिनिधि करबीर बहादुर कार्की, विक्रम सिंह धामी, हरक सिंह विष्ट, काँग्रेस जिल्ला सचिव पुलेन्द्र बहादुर कार्की लगायत नेता तथा कार्यकर्ताको सहभागिताको रहेको थियो ।
आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनुपर्ने नेताहरुले बताएका छन् । यो अभियान जिल्लाभरी एक महिना आयोजना गरिने काँग्रेसले जनाएको छ ।
अभियानका दौरानमा नेपाली कांग्रेसको विधान, निती सिद्धान्तका विषयमा नागरिकलाई जानकारी दिइने र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन नागरिकलाई आग्रह गर्ने कार्यक्रम रहेको काँग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीले बतानुभयो ।

Open photo

Leave A Reply

Your email address will not be published.