Naya Sadar
Badar

महाकालीमा भारतले तटबन्ध बनाउँदा सरकार नबोल्नु लाजमर्दो  : भीम रावल

Sadar Sano
Naya Mat patra

दार्चुला । एमाले सांसद भीम रावलले दार्चुला जिल्लाको बंगाबगरमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहदा पनि सरकार नबोल्नु लाजमर्दो विषय भएको टिप्पणी गरेका छन ।
भारत सरकारले एकतर्फी डोजर चलाउँदा पनि नेपाल सरकार त्यसमा नबोल्नु यो लाजमर्दो कुरा भएको र यो सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने माग गरेका छन।
उहाले भन्नुभयो नेपाल सरकारको यसतर्फ गम्भीर रुपले ध्यानाकर्षण गराउँछु र म माग गर्न चाहन्छु, नेपाल सरकारको तर्फबाट गृहमन्त्रीजी, परराष्ट्रमन्त्रीजीले यो सदनमा आएर नेपाली जनतालाई यसको जवाफ दिनुपर्छ’

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेका धेरैजसो सांसद नाराबजी गरिरहँदा एमाले सांसद भीम रावलले भने सभामुखसँग समय मागेर बोलेका थिए ।
उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएपछिको कामहरुको सम्बन्धमा जनतालाई जानकारी दिनुपर्ने माग समेत गरेका छन ।

 

Leave A Reply

Your email address will not be published.