दार्चुला । नेपाली काँग्रेस दार्चुलाले युवा नेता उमेश सिंह खत्रीलाई गरेको कारवाही फिर्ता लिन मार्मा गाउँपालिका कार्य समितिले माग गरेको छ । खत्रीलाई सामाजिक संजाल फेसबुकमा पार्टीलाई आँच आउने पोस्ट गरेको भनी फागुन २८ गते नेपाली काँग्रेस दार्चुलाले दुई वर्षको लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कार्बाहिको लागि सिफारिस गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिले उमेश खत्रीलाई स्पष्टीकरण माग्दा समेत दिन नमाने निजलाई कारवाही गरिएको पार्टीले जनाएको थियो । सोही सम्बन्धमा मङ्गलबार नेपाली कांग्रेस मार्मा गाउँपालिकामा बसेको कार्य समितिको बैठकले निर्णय गर्दै चुनावको मुखैमा गरिएको कारवाहीले पार्टीलाई क्षति हुनसक्ने तर्फ सचेत गराएको छ । खत्रीलाई भएको कार्वाही तत्काल फिर्ता गरि स्थानीय तहको निर्वाचनमा सहजता ल्याइदिन अनुरोध गरिएको हो ।
आसन्न स्थानीय निर्बाचन नजिकिदै गर्दा युवा नेता खत्रीलाई कार्बाही गर्न नहुने दार्चुलाका युवाहरु को भनाइ छ । खत्रीलाई कार्बाहीको लागि सिफारिस गरिएकोप्रती नेपाली कांग्रेस दार्चुलाका कार्यकर्ता र सुभचिन्तकहरुमा व्यापक निराशा छाएको देखिन्छ । युवा नेता खत्रीले पार्टीले भन्दा पनि केही ब्यक्तीहरु आफुप्रति असन्तुष्ट भएर कार्बाही गर्न लागेको बताए ।
साथै उनले सातौ जिल्ला अधिबेशनमा आफुलाई पराजित गर्न केही ब्यक्तीहरुले ह्विप जारी गरेको आरोप लगाए । खत्री नेपाली कांग्रेस दार्चुलाका तरुणदल पूर्व जिल्ला अध्यक्ष र नेपाली कांग्रेस पूर्व महाधिवेशन प्रतिनिधि समेत हुन् ।
साथै उनले आउने स्थानीय तहको निर्बाचनमा मार्मा गाउँपालिकाबाट अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने समेत बताएका छन् ।
